Logo
१५ आश्विन २०७९, शनिबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुलाई भगाएर लैजान भनेपछि प्रेमीद्धारा प्रेमीकाको हत्या

रुपन्देही: रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा १४ वर्षीया एक किशोरीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । ओमसतिया गाउँपालिका वडा नं. ६ की १४ वर्षीया सरस्वती हरिजन बैशाख ३ गते घरबाट बेपत्ता भएकी थिइन् । उनको शव बैशाख ४ गते घरदेखि १ किलोमिटर टाढा पाइएको थियो ।

स्थानीयले उनको शव देखेपछि इलाका प्रहरी कार्यालय धकधईलाईमा खबर गरेका थिए । प्रहरी किशोरीको हत्या ओमसतिया गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय प्रेम सागर केवटले गरेको खुलासा गरेको छ । बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले केवट र हरिजनवीच प्रेम सम्बन्ध रहेको र दुई जनामा कुरा नमिल्दा किशोरीको हत्या भएको जनाएको छ । राती ९ बजे किशोरी शौचालय जान भन्दै प्रेमीलाई भेट्न पुगेकी थिइन् ।

प्रहरीका अनुसार किशोरीले घर नफर्कने भन्दै केवटलाई आफुलाई भगाएर लैजान भनेपछि दुवै जनामा विवाद भएको थियो । उनीहरुबीच विवाद बढ्दै गएपछि हरिजनकोे घाटी थिचि हत्या गरेको प्रहरीको केवटले प्रहरीलाई बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्