Logo
१२ बैशाख २०८१, बुधबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोठी चलाउने वडाअध्यक्षलाई साधारण तारिकमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : कोठी चलाउने नुवाकोटका एक वडाअध्यक्षलाई साधारण तारिकमा रिहा गर्न सर्वोच्चले आदेश दिएको छ । चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको छ ।

नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो । सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्