Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायी एक्लिए : उद्योग वाणिज्य महासंघले व्यवसायीलाई समर्थन नगर्ने

काठमाडौँ : यातायातको सिन्डिकेट तोड्ने सरकारी निर्णयको पक्षमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ उभिएको छ । उसले सरकारको निर्णयलाई स्वागतयोग्य भनेको छ । यो सँगै यातायात व्यवसायीहरु एक्लिएका छन् ।

बिहीवार प्रेश विज्ञप्ती जारी गर्दै महासंघले सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग विगतदेखि नै राख्दै आएको दावी गर्दै महासंघले मन्त्रिपरिषद्बाट भएको यातायात समितिको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने÷नगराउने निर्णयको स्वागत गरेको छ ।

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले व्यक्त गरेको छ । ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघले गरेको छ ।

‘सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसँग सम्बन्धित संघरसंस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ आग्रह गर्दछ,’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यसअघि चालक तथा मजदुरहरुले समेत व्यवसायीको आन्दोलनमा आफूहरू सहभागी नहुने धारणा सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्