Logo
१५ बैशाख २०८१, शनिबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवाको कार्यशैली र गुट-गिरोहवादबाट पार्टी चल्न सक्दैन : नेता केसी

काठमाण्डौ, ६ वैशाख : नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आफूहरु पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नभै पार्टीलाई बलियो बनाउन प्रयासरत रहेको बताएका छन् । “विधिविहिनता र अपारदर्शी कार्यशैलीलाई सुधारेर जानुपर्छ । सभापति देउवाले सुधार्न चाहनुहुन्छ कि चाहनुहुन्न भन्ने कुरा केन्द्रिय समितिको बैठकबाट थाहा हुन्छ । अहिले नै म कसैको पक्ष विपक्षमा छैन ।” केसीले भने ।

नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा कुरा गर्दै नेता केसीले पार्टीभित्र देखिएका नीतिगत र नेतृत्वगत कमजोरी हटाउनका लागि आफूहरु सक्रिय रहेको बताए । अहिलेको कार्यशैलीबाट पार्टी नचल्ने भएकाले पार्टीभित्र सुधारको विकल्प नभएको उनको तर्क छ । पार्टी सुधारका लागि सभापति देउवा तयार भए आफू उनकै पक्षमा उभिने र वरिष्ठ नेता रामचन्दै पौडेलले सुधारका लागि दरो खुट्टा टेकेर अगाडि बढेको खण्डमा उनैलाई सहयोग गर्ने केसीले बताए ।

देउवाको अहिलेको कार्यशैली र गिरोहवादबाट पार्टी नचल्ने केसीको ठहर छ । सभापति देउवाले गिरोहवादको शैली परिवर्तन गरेर समयसापेक्ष कार्यकर्ताको मागअनुसार पार्टीलाई सुधार गर्नुपर्ने केसीको भनाई छ । अघिल्लो महाधिवेशनमा सभापतिमा चुनाव लड्दा देउवाले प्रस्तुत गरेका प्रतिवद्धता मन परेर उनकै समुहबाट चुनाव लडे पनि उक्त प्रतिवद्धता पूरा नभएको केसीको दाबी छ ।

देउवासँग मिलेर पार्टीलाई सुधार गर्न सकिने विश्वास आफूले गरेको भए पनि देउवाले त्यसो नगरेकाले अब नयाँ तरिकाले सुधारको अभियानमा लाग्नुपर्ने बेला आएको उनको भनाई छ । चुनावअघि नै सम्पूर्ण पदाधिकारीको नियुक्तिको आवश्यकता रहे पनि देउवाले नगरेको तर अहिले भने पदाधिकारीको आवश्यकता नरहेको उनले बताए ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्