Logo
६ बैशाख २०८१, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीमा आधुनिक धर्मशाला बुधबारदेखि सञ्चालनमा

धनगढी : प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ । श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् ।

रु एक करोड ८२ हजारको लागतमा निर्माण भएको यो धर्मशाला निर्माणमा विभिन्न सरकारी कार्यालयबाट रु २३ लाखको सहयोग प्राप्त भएको जनाइएको छ । झण्डै रु ७७ लाख विभिन्न दाताबाट सहयोग जुटाइएको हो । निजी दाताको सम्मानमा धर्मशालाका कोठाको नामाकरण पनि गरिएको छ । सात नम्बर प्रदेशकै पहिलो आधुनिक यो धर्मशालाबाट देश विदेशका सर्वसाधारण लाभान्वित हुने भएका छन् । व्यवस्थापन समितिले धर्मशालामा आउने सर्वसाधारणलाई न्यूनतम् रु १०० देखि अधिकतम् रु ४०० सम्मको सेवा शुल्क निर्धारण गरेको निर्माण समितिका अध्यक्ष डा मुक्तिकान्त पन्तले बताए ।

स्वास्थ्योपचारका साथै धार्मिक पर्यटनका लागि धनगढी पुग्ने स्वदेशी र विदेशी नागरिकका लागि यो धर्मशालाले ठूलो राहत पु¥याउने विश्वास गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार एक समारोहका बीच धर्मशालाको उद्घाटन गरेका छन् । सो अवसरमा धर्मशाला निर्माणमा सहयोग गर्ने दातालाई सम्मानित गरिएको थियो । (रासस)

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्