Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ को विनियोजन विधेयक पारित,प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुल्यो

विराटनगर : प्रदेश नं १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको बुधवार बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । यसअघि सदनमा प्रदेश सदस्यले विधेयकका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बैठकमा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । मन्त्री आङ्बोले ‘विनियोजन विधेयक २०७४’ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

विधेयक पारित भएसँगै प्रदेश सरकारलाई सञ्चित कोषबाट चालु आवका लागि विभिन्न निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यको खर्च गर्ने अधिकार प्राप्त भएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्