Logo
८ बैशाख २०८१, शनिबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने ७ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने सातजनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीको नाममा सर्वसाधारणलाई आइबोस सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र सोलुखुम्बुका प्रदीप राईलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

सात जनाले झण्डै आठ हजारलाई सदस्यता बनाएको अनुसन्धानमा खुल्न आएको ब्यूरोले जनाएको छ । जसमध्ये शिवाकोटीले पाँच हजार ८८९, भक्तबहादुरले २५०, रवीनले एक हजार ३२, राईले ३०१, सुनुवारले २०० र श्रेष्ठले १२१ सदस्यता बनाएको अनुसन्धानमा खुलेको छ । दंगाल भने सञ्चालक हुन् ।

६६ जनालाई नियन्त्रणमा लिएको ब्यूरोले अनुसन्धानपश्चात अरुलाई छाडेर सात जनालाई ठगी गरेको अभियोगमा कानूनबमोजिम अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्