Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्चीको पानी राजधानीमा ल्याउन अझै ६ महिना लाग्ने : खानेपानी मन्त्री मगर

काठमाडौं : खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई बुधबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानी लगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जानकारी दिनुभयो ।
“छ महिनापछि मेलम्चीको पानी वितरण शुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ, चार घण्टासम्म भएपनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उहाँले भन्नुभयो । मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै भन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको सुनाउनुभयो ।

कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राख्नुभयो ।

मेलम्ची, याङ्री र लार्केको समेत पानी राजधानी ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा वितरण गरिन्छ । उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि विसं २०६२ वैशाख ५ गते बोर्डको स्थापना भएको थियो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्