Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय फोटो पत्रकार समुहले थाल्यो द्रोस्रो राष्ट्रिय अवार्ड २०७४ को तयारी

काठमाडौं ५ बैशाख : राष्ट्रिय फोटो पत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटो पत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।

उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ ।

आजै औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ ।

उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि वितरण गरने छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्