Logo
१२ बैशाख २०८१, बुधबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध ‘नेटवर्किङ’ व्यवसाय चलाउने ६६ जना सीआईबीको फन्दामा

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आई बोस ग्लोबल मार्केटिङको नामबाट अवैध नेटवकिङ व्यवसाय चलाउने कार्यमा संलग्न ६६ जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार सीआईबीले पत्रकार सम्मेलन गरेर चुच्चेपाटीस्थित कार्यालयबाट ६६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

६६ जनामध्येबाट ५९ जनालाई छाडिएपनि ७ जना माथि भने ठगी गरेको कसुरमा कारबाही पक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।

काभ्रेका राजकुमार दंगाल, दोलखाका नारायण सिवाकोटी, साेलुखुम्बुका प्रदीप राई, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठमाथि कारबाही प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्