Logo
११ बैशाख २०८१, मंगलबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल सोल्टीमा जुवा खेलिरहेका आठजना प्रहरीको हिरासतमा

काठमाडौँ: महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडाईं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेका छन् । परिसरका प्रवक्ता मोहनकुमार थापाले नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा छिरेर जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्