Logo
८ बैशाख २०८१, शनिबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

कैलाली : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा उनले भने, ‘विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।’

मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी बनाउन उनले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन् । यसअघि उनकी छोरी डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् । मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस् भने, ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुग्नुभएका मुख्यमन्त्री भट्टले बुधबार बिहान आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गराएका छन् । देशभरि वैशाख २ बाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्