Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेशल इटेलिजेन्स टिम बनाउने तयारीमा गृह मन्त्रालय

काठमाडौँ: गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (एसएसपी) को नेतृत्वमा सूचना समन्वय तथा विश्लेषण इकाई स्थापना गर्ने तयारी शुरु गरेको छ । इकाई राख्ने प्रस्तावसहितको मन्त्रालयको नयाँ संगठन संरचना मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेको जनाइएको छ ।

यस इकाईमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ जना एसपीका साथै ४ जना प्रमुख अनुसन्धान अधिृकत तथा १ जना बरिष्ठ अनुसन्धान सहायक रहने भएको छ । सुरक्षा तथा समन्वय महाशाखाको प्रत्यक्ष मातहतमा रहने गरी नयाँ शाखा स्थापना गर्न लागिएको बताइएको छ । तीनै वटा सुरक्षा निकायबाट आएका सूचनालाई एकीकरण गरी बिश्लेषण गर्न उक्त शाखाको स्थापना गर्न लागिएको हो । त्यस्तै, मन्त्रालयमा उपसचिवको नेतृत्वमा गुनासो व्यवस्थापन शाखा पनि स्थापना गर्न लागिएको हो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्