Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औपचारिक शिखर वार्ताको तयारी : ट्रम्प र उनबीच सीधा वार्तालाप, जापानको स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप भएको छ । अमेरिका र उत्तर कोरियाबीच औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला ट्रम्प र उनबीच सीधा सम्पर्क भएको हो । शीखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो उत्तर कोरिया पुगेका छन् ।

माइक पोपियोको यही भ्रमणको क्रममा ट्रम्प र उनबीच वार्तालाप भएको हो । वाशिङटन पोस्टका अनुसार ट्रम्पले भनेका छन्, ‘हामीले निकै उच्चस्तरमा सीधा कुराकानी गरेका छौं ।’ ट्रम्पका अनुसार शीखर वार्तालाई ऐतिहासिक बनाउने प्रयासमा अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच पनि वार्ता भइरहेको छ ।

अमेरिका र उत्तर कोरियाबीच औपचारिक वार्ताका लागि पाँच स्थानको विकल्प राखिएको छ । तर, कहाँ वार्ता गर्ने भन्ने अझै निश्चित भइसकेको छैन ।

जापानको स्वागत
अमेरिका र उत्तर कोरियाबीचको वार्ताको जापानले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनसँग जापानी प्रधानमन्त्री सिन्जो आबेसँगै बसेर कुराकानी गरेको समाचारमा उल्लेख छ । अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच फ्लोरिडामा भेटवार्ता भएको थियो ।

सिन्जो आबेले ट्रम्पको तारिफ गर्दै भनेका छन्, ‘अमेरिका र उत्तर कोरियाको वार्ताले ठोस नतिजा निकालोस् । विश्वास छ, वार्ताको क्रममा कोरियाली प्रायद्वीपमा जापानको सुरक्षा चिन्ताको पनि ख्याल हुनेछ ।’

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्