Logo
१० बैशाख २०८२, बुधबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला प्रशासनले गरेको निषेधाज्ञाप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं : नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालयले वैशाख २ गते काठमाडौंका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटेर संविधानमा व्यवस्था गरिएको अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बन्धी अधिकारविरुद्ध निषेधाज्ञाको आदेश भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले लोकतन्त्रमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै आफ्नो हक, अधिकार प्राप्त गर्नका लागि जुनसुकै स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्छ भने ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय फिर्ता नलिए वैशाख १६ गतेदेखि सशक्त आन्दोलन गर्ने बताए । सरकारले जिल्ला प्रशासन कार्यालयका नाममा खुल्लामञ्च, तीनकुनेको खाली चौर, भगवानपाउको भुइँखेल चौर, पेप्सीकोला खेलमैदान, सानो गौचरनको फुटबल मैदान, लैनचौरस्थित खुला चौर र सिफल चौरमा मात्र प्रदर्शनस्थल तोकेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले गृह प्रशासनको ८२ बुँदे कार्ययोजनाअन्तर्गत उक्त बुँदा समावेश भएको बताउँदै यसका लागि सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो । उनले जथाभावी ठाउँमा आन्दोलन गर्दा आम नागरिकलाई आवतजावतदेखि अन्य कुरामा अफ्ठयारो पर्ने भएकाले निश्चित स्थान तोकिएको स्पष्ट पारे।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्