Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयुर्वेद चिकित्सालयका निर्देशक यादव घुस रकमसहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंका निमित्त निर्देशक डा. रामदेव यादवलाई घुस रकमसहित मंगलबार पक्राउ गरेको छ ।

निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि रु ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगले आजै सेवाग्राहीसँग घुस रकम लिने सिरहा कल्याणपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वासुदेवकुमार यादव र लेखापाल जयराम चौधरीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

उनीहरुले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग रु २० हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्