Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख महरा भन्छन् -‘प्रदेश नम्बर ५ को केन्द्रविन्दु नै दाङ हो’

तुलसीपुर : सभामुख कृष्णबहादुर महराले दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गनुपर्ने बताएका छन् ।जिल्लाका सबै स्थानको समानुपातिक विकासका गुरुयोजना अत्यावश्यक रहेको उनको भनाइ थियो । दाङ ५ नं प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको बताउँदै सभामुख महराले यहाँका सम्भावनालाई उचित व्यवस्थापन गर्न सके दाङ समृद्ध हुन सक्ने धारणा व्यक्त गरे ।

जिल्ला समन्वय समिति दाङले आज दाङको घोराहीमा आयोजना गरेको दाङको समृद्धिका लागि दूरदर्शी योजना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ५ नं प्रदेशको लुम्बिनीदेखि दाङ हुँदै रारासम्म जोड्ने योजना बनाई दाङलाई पश्चिम नेपालको पर्यटन ‘हव’का रुपमा विकास गर्न सकिने समेत बताए ।

सभामुख कृष्णबहादुर महराले संघीय, प्रदेश र स्थानीय सरकार कानूनको अभावका काम गर्न अन्योल रहेको बताउनुभयो । उनले कुन सरकारले के काम गर्ने भन्ने विषयमा नै स्पष्टता नभएकाले धेरै कानून बनाउन आवश्यक रहेको छ भने ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले योजना बनाउन थालेको बताए । विकासलाई सही दिशामा लैजान र व्यावहारिक योजना निर्माणका लागि केही दिनअघि मात्र प्रदेशबाट स्थिति पत्र जारी गरिएको बताउँदै उनले त्यसैका आधारमा वैज्ञानिक ढङ्गले दाङको विकास गरिने बताए ।

कार्यक्रममा सहभागी प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सांसदहरु एवं स्थानीय तहका प्रमुखले जिल्लाको समृद्धिका लागि आवश्यक कार्यका बारेमा भनाइ राखेका थिए ।

जिल्लाको समग्र विकास र समृद्धिका लागि जिल्ला समन्वय समिति दाङले ‘दाङको समृद्धिका लागि दूरदर्शी योजना’ जिल्लाका जनप्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रममा सहभागीले समग्र जिल्लाको विकास र समृद्धिका लागि जनप्रतिनिधि गम्भीर भएर लाग्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्