Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइतीघर मन्डला अगाडि विरोध गर्न पाउनुपर्ने माग सहित बिद्यार्थीको ज्ञापनपत्र

काठमाडौं ४, बैशाख : नेपाल विद्यार्थी संघले सरकारले आन्दोलन गर्न पाउने जनताको अधिकार खोसेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले माइतीघरमन्डला र क्याम्पसअगाडि विरोध प्रदर्शन गर्न पाउनुपर्ने जिकिर गरे ।

प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि संघसम्बद्ध विद्यार्थीहरुले विरोध जनाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी शर्माले सर्वसाधारणको बोल्न र हिँड्न पाउने अधिकार नखोसेको तर व्यवस्थितरुपमा आन्दोलन र विरोध प्रदर्शनको व्यवस्था मिलाइएको तर्क गरे । आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी संघको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्