Logo
१२ बैशाख २०८१, बुधबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै एमालेको भ्रातृ संगठन युवा संघ विभाजित

काठमाडौं : एमालेको भ्रातृ संगठन युवा संघ विभाजन भएको छ । नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेका हुन् । ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए । अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । ‘कसको नेतृत्वमा समानान्तर कमिटी गठन गर्ने भन्ने छलफल जारी छ, समानान्तर कमिटी गठन गर्ने निर्णय भइसकेको छ’, शाहीले भने,‘विधि, प्रणाली र राजनीतिक काम नगरेका कारणले हाम्रो समूहले समानान्तर कमिटी गठन गरेर अघि बढ्नु उचित हुने ठहर गरेको छ ।’

नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव शाही, क्रान्ति बुर्लाकोटीलगायत रहेका छन् । ‘पेलेर संगठन चलाउने, व्यक्तिवादी चरित्रको हावी गराउने प्रवृत्ति यो सरकार असफल बनाउने षडयन्त्र पनि भन्ने ठहर बैठकले गरेको छ’, शाहीले भने ।

उता एमाले र माओवादी एकीकरणका विषयमा एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । भ्रातृ संगठनको समायोजनका विषयमा चर्को बहस चलिरहेका बेला यता सत्ता नेतृत्व गरेको गठबन्धनको मुख्य दलको भ्रातृ संगठन भने विभाजनको निर्णयमा पुगेको हो ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्