Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराध महाशाखाको प्रमुखमा हेरफेर, एसएसपी सिहंले सम्हाले कमाण्ड

काठमाडौं  : महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ ।

एसएसपी सरुवाको अधिकार गृहमन्त्रालयको भएपनि मन्त्रीपरिषद्ले नै उनको सरुवा गरेको स्रोत बताउँछ । उनको काज सरुवा भएको हो ।

सिंह लामो समय काठमाडौं परिसरमा काम गरेकाले उनी यहाँको सुरक्षा चुनौतीबारे जानकार प्रहरी अधिकारी हुन् । हाल उनी संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत छन् ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो । सिंह लोहनीकै ब्याचमेट हुन् ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्