Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरिया : अध्ययनका लागि अन्तर्रा्ष्ट्रिय अनुगमनकर्तालाई डुमा जाने अनुमति

अंकारा: संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि सो स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन् । ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्रा्ष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने जनाइएको छ ।

यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताहरूले जनाएका छन् । सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो ।  यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरुले ती हतियारहरुको प्रयोग गरिएका भनिएका स्थलहरुमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।  डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्रा्ष्ट्रिय विज्ञहरुलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो ।

यस घटनाको अन्तर्रा्ष्ट्रिय रुपमा नै विरोध गरिएको छ । विरोधस्वरुप ती विदेशी विज्ञहरुले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए ।  रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धी अन्तर्रा्ष्ट्रिय संगठन (ओपिसीडब्लु) ले खटाएका हतियार विज्ञ सदस्यलाई सिरियाको डुमामा प्रवेश गर्न अवरोध गरेको बेलायतले जनाएको थियो । यही अप्रिल ७ मा भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमला गरेको र त्यसमा परी कम्तमिा पनि ४० जना विद्रोहीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्