Logo
४ बैशाख २०८१, मंगलबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करेन्ट लागेर एकको मृत्यु, छ जना घाइते अवस्थामा

मलेखु :  धादिङको थाक्रे गाउँपालिका– ११ केवलपुरमा मंगलबार बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

बोरिङ गरेर तानिएको पानीको पाइपमा बाटो माथि मिलाउनलाग्दा हाइटेन्सन लाइनमा करेन्ट लागेपछि घाइते भएकी झापा, कन्काइ नगरपालिका – ८ की मिक्की तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिएका छन् ।

घाइते हुनेमा थाक्रे – ६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कूलू, सुरेश कूलू, माइली तामाङ र गौतम तामाङ छन् । तीमध्ये पाँच जनाको वीर अस्पताल ट्रमा सेन्टरमा र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्