Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर ७ जना घाइते

धादिङ : थाक्रे गाउँपालिका–११ केवलपुरमा मंगलबार बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन् । बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी एका छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा जिल्ला निवासी मिक्की तामाङ तथा धादिङ, थाँक्रे गाउँपालिका–६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कुलू, सुरेश कुलू, माइली तामाङ र गौतम तामाङ घाइते भएकामा पाँच जनाको ट्रमा सेन्टर र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्