Logo
८ बैशाख २०८१, शनिबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउथ केरोलिनाको वन्दीगृहमा झडप हुँदा सात कैदीको मृत्यु, १७ घाइते

संयुक्त राज्य अमेरिकाको साउथ केरोलिना राज्यस्थित एक कैदी गृहमा कैदीहरूबीच भएको झडपमा कम्तिमा सात जनाको मृत्यु भएको साउथ केरोलिनाको कैदी सुधार विभागले सोमबार जनाएको छ ।

उक्त झडपमा परी कम्तिमा १७ जना घाइते भएका बताइएको छ ।

मजबुत सुरक्षास्थिति रहेको मानिने विशपभिल ली करेक्सनल इन्स्टिच्युसनमा (लीसीआई) आइतबार राति २ बजेर ५५ मिनेटको समयमा झडप भएको विभागले पुष्टि गरेको छ । विभागले झगडा शान्त बनिसकेको पनि जनाएको छ ।

“लीसीआईमा भएको झडपमा सात जनाको मृत्यु भएको छ भने घाइते १७ जनालाई कारागार बाहिर लगी उपचार गरिराखिएको छ,” विभागले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । विवाद के कारण भएको भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्