Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिभिङ टुगेदरले लियो विकको ज्यान, हत्यामा संलग्न तामाङ पक्राउ

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो ।

परिसरले सोमबार पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका (लिभिङ टुगेदर)मा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्