Logo
१३ बैशाख २०८१, बिहीबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा अमेरिकाको विरोधमा प्रदर्शन, ट्रम्पको पुत्ला जलाए

सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ ।

विरोध कार्यक्रमका सहभागीले अमेरिकी क्षेप्यास्त्र आक्रमणको विरोध गर्दै आक्रमणको विरोध गरौँ भन्ने ‘प्लाकार्ड’सहित शहरका केही भागमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले उक्त विरोध प्रदर्शनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला समेत जलाएका छन् । उक्त पुत्लामा फ्रान्सका राष्ट्रपति इमानुएल म्यक्रोँ र बेलायती प्रधानमन्त्री टरिजा मेको आकृतिका रेखाचित्र रहेका थिए ।

यही अप्रिल १३ गते अमेरिका, बेलायत र फ्रान्सले सिरियाली प्रशासनले आफ्नै जनतालाई लक्षित गरी रासायनिक हतियारद्वारा आक्रमण गरेको भन्दै यसविरुद्ध सिरियाली विद्रोहीको पक्षमा प्रतिवद्धता जनाउँदै आक्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्षेप्यास्त्र आक्रमणपछि गरेको सम्बोधनमा सिरियाली राष्ट्रपति बसर अल–असदको सेनाले विद्रोहीको प्रभावक्षेत्र गुटामा रासायनिक हमला गरेको यसको बदलामा आफूहरूले पनि सिरिया कारबाही चलाएको बताएका थिए ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्