Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ४ को आज नीति तथा कार्यक्रम : पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई आधार

पोखरा, ३ वैशाख : प्रदेश ४ को सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो २ बजे बस्ने संसदमा सय बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकार गठन भएको २ महिनापछि असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । मुख्य ४ प्राथमिकतामा राखेर प्रदेशले अन्य कुरालाई पनि कसरी समेट्छ भन्ने सन्देश नीति तथा कार्यक्रमको सय वटा बुँदाले समेट्ने छन् ।

निर्धारण गरिएको प्राथमिकता र त्यसका लागि आवश्यक पूर्वाधारमा जोड कार्यक्रमले दिने कानुनमन्त्री चुमानले बताए ।मन्त्रीपरिषदको बैठक बसेर आइतबार नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । प्रदेशले अंगाल्ने भावी नीति र विकास कार्यक्रममाथि छलफल भएको कानुनमन्त्री चुमानले जानकारी दिए ।

प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयलाई नीति तथा कार्यक्रममार्फत जोड दिइएको छ । अहिले प्रदेश सरकारसँग त्यस्तो ठूलो बजेट नभएकाले असार आउने नीति तथा कार्यक्रम र बजेटलाई बल पुग्ने गरी अहिलेको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

केन्द्रले छुट्याएको १ अर्ब २ करोड रुपैयाँको बजेटमाथि नै अहिलेको नीति तथा कार्यक्रम आउने छ । प्रदेशको भावी नीति के हुन्छ भन्ने सन्देश दिने खालको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुनेछ । प्रदेश सरकारले राजस्व संकलन, कुल ग्राहस्र्थ उत्पादन, रोजगार लगायतका कुरालाई पर्यटनसँग जोडेर गाउँदेखि सहरसम्मको नागरिकको जीवनस्तरमा सुधार ल्याउन पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

प्रदेश ४ मा ऊर्जाको अथाह सम्भावना गरेकाले समृद्ध प्रदेशको दोस्रो आधार ऊर्जालाई लिइएको छ । उत्पादनमुखी र व्यावसायीकरण गर्दै र कृषि र उद्योगमार्फत रोजगार सिर्जना गरेर प्रदेशलाई गति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा छ ।  पहिलो मन्त्रिपरिषदको पहिलो बैठकले घोषणा गरेका ८ बुँदे कार्ययोजनालाई सम्बोधन गर्ने काम नीति तथा कार्यक्रमले गर्नेछ ।

मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षभित्र सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने, उज्यालो प्रदेशअन्तर्गत २ वर्षभित्र प्रत्येक गाउँबस्तीमा बिजुली पुर्‍याउने, ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गौला उपचार केन्द्र स्थापना गर्ने, ५ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडक सञ्जालले जोड्ने योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्