Logo
१६ बैशाख २०८१, आईतबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मातातीर्थ औंसी : जीवित अथवा दिवंगत आमाको तृप्तिका लागि पुण्य पर्व

काठमाडौं, ३ वैशाख : आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।

यहाँ स्थित पहाडी समुदायले मातातीर्थ औंसीका दिन जीवित आमालाई मिठा परिकार र नयाँ बस्त्र उपहार दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

नेपालकै मधेशी समुदायमा भने यस पर्वको खासै रौनक हुनेगरेको हुँदैन तर पछिल्लो समय समाजिक संजालमा आमासंग फोटो राख्ने प्रचलन भने बढेको छ ।

जीवित अथवा दिवंगत आमाको तृप्तिका लागि आजको दिनलाई पुण्य पर्व मानिन्छ ।  आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ ।

आज काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा मेला लागेको छ । त्यहाँ आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ । बौद्ध धर्मावलम्बी समेत मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्