Logo
१२ बैशाख २०८१, बुधबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटको दुई स्थानमा आगलगी, लाखौंको सर-समान जलेर नष्ट

रौतहट : गर्मी मौसम सुरु भए लगतै तराईमा आगलगीका घट्नाहरु बढुन थालेको छ । आइतबार रौतहट स्थित दुई स्थानमा आगलगी हुँदा घर सहित लाखौंको समानहरु जलेर खरानी बनेको छ ।

रौतहटको गौर नगरपालिका स्थित वडा नंबर १ रामजानकी धर्मशालाको उत्तरपट्टी रहेको होटल आगलगी भएको हो । गौरमा होटल ब्यबसाय गर्दै आएका राजिन्द्र दास, सुधा देबी, सन्तलाल जैयसवाल, र आकाश महतोको होटलमा आगलागी भएको छ ।

आगलागीबाट उनीहरुको होटलको सबै सम्पति नष्ट भएको पिडितहरुले जनाएका छन् भने गौरमा आगलगी हुनु भन्दा केही घण्टा पहिला गढिमाई नगरपालिका–४ स्थित एक खाडसारी उधोगमा आगलागि भएको थियो ।

गौरमा आगलगी हुनु भन्दा पहिला गौर नगरपालिकाका दमकल गाडी गढीमाई नगरपालिकामा गएको कारणले गौरको होटलको आगलगी स्थानीय, प्रहरी प्रशासनको प्रयासमा आगो नियन्त्रणमा लिन निकै कठिनाइ भएको छ ।

उता गढिमाई नगरपालिका–४ स्थित कृष्णनन्दन साहको खाडसारीमा आगलागि भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । गौरको होटलमा आगलगी भई खरानी भएपछि गौरको बरुणयन्त्र गढीमाई नगरपालिकाबाट आई सो आगलागी नियन्त्रणमा लिएको स्थानियले जनाइएको छ ।

आगलागीका घटना बढ्न थालेपछि सबै स्थानयितहका जनप्रतिनिधिहरुले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।

पानी तान्ने मोटर सर्ट भएर, ग्यास लिक भएर पनि आगलागीका घटना हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जंगल जाने व्यक्तिले जानेर वा अन्जानमा आगो लगाउँदा जङ्गलनजिकै रहेको बस्ती सखाप हुने गरेको छ ।

रौतहटको चन्द्रपुर र गौर नगरपालिका संग मात्रै बरुणयन्त्र रहेको छ । अन्य स्थानीयतहले बरुणयन्त्र अहिले सम्म खरिद गरेका छैन् । जनताको जीबिकोपार्जन र सम्पतिको रक्षार्थ स्थानीयतहले ठोस कार्य गर्न नसकेको स्थानियहरुले गुनासो गरेका छन् ।

आगलागी हुन नदिन जनचेतनाको कार्यक्रम गरिदै आएपनि प्रभाबकारी हुन सकेको छैन भने गौरको तीन ओटै होटलमा आगो लाग्दा घर सहित लगभग १० लाख बराबरको खरानी बनेको पिडितहरुले जनाएका छन् । आगलगीको पूरा बिवरण आउन बाँकी रहेका छन् ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्