Logo
१३ बैशाख २०८१, बिहीबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने : नेता खनाल

विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताएका छन् । स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उनले छिमेकी मित्रराष्ट्र भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा छन् । छतले होटलमा स्विमिङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा विशेष कोठा समेत छ । स्वदेशी तथा विदेशी गैरसरकारी संघसंस्था, नेपाली तथा भारतीय उद्योगी, व्यापारी र पर्यटकको बसाइँलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश नं को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएको अर्का सञ्चालक रुपमणि राजभण्डारीले बताए । होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनाका साथै थप एक सेमिनार हल निर्माण गर्ने निर्देशक न्यौपानेले बताए।

उक्त होटलमा दक्ष जनशक्तिद्वारा नेपाली, भारतीय, चाइनिज र इटालिन खाना पकाउनाका साथै रु चार हजार ५०० देखि रु १० हजारसम्मका कोठा उपलब्ध छन् ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्