Logo
१५ चैत्र २०८०, बिहीबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानी उत्खनन गर्न आलटाल गर्ने दुई दर्जन कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौं : खानी उत्खनन गर्न आलटाल गर्ने झण्डै दुई दर्जन कम्पनीको प्रमाणपत्र रद्द गरिएको छ ।
खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको हो । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिएर समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो ।

विभागका अनुसार चालू आवमा ३ सय ३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरेका थिए । तर तोकिएको मितिमा उत्खनन तथा खोजतलास नगर्ने कम्पनीको भने प्रमाणपत्र खारेज गरिएको हो । विभागले चालू आवमा नयाँ खानी खोजतलासको लागि ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १ सय ६८, नयाँ खानी उत्खननका लागि १२ र ७६ ओटा खानी उत्खनन प्रमाणपत्र नवीकरण गरेको जानकारी दिएको छ ।

यस्तै विभागले चालू वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत रु ९३ करोड ५५ लाख ६१ हजार ७ सय ६८ रुपैया राजस्व संकलनसमेत गरेको छ ।

 

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्