Logo
११ बैशाख २०८१, मंगलबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दर्तावाला रिक्सालाई निर्वाध रुपमा गुड्न देऊ’

काठमाडौं : नयाँ वर्षको अवशरमा नेपाल रिक्सा तथा ठेला श्रमिक संघ जिल्ला कार्य समिति काठमाडौंले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्व रक्षामन्त्री भिमसेन थापा प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका अध्यक्ष खिलनाथ बस्नेत,नेपाल ट्रेड युनियन महासंघका पूर्व महासचिव रिशवदेव घिमिरे, युनियनका पूर्व केन्द्रिय सदस्य सूर्य नेपाल, संघका काठमाडौं निवर्तमान अध्यक्ष गणेष भट्टराई लगायतले मन्तव्य राखेका थिए । उनीहरुले कानुन बमोजिम दर्ता भएका रिक्सालाई सडकमा निर्वाध रुपमा गुड्न दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संघको हालै निर्वाचित काठमाडौं जिल्ला समिति र अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्