Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पदाको विकास र पर्यटकीय गन्तव्यस्थल बनाउन सफाइ र प्रचारप्रसार गर्न जोड

काठमाडौँ : अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा स्थानीय हनुमानढोकादेखि भुरुङ्खेलसम्म आईताबार सरसफाइ गरिएको छ । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गर्ने र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले सप्ताहव्यापी अभियान आजदेखि सरसफाइबाट नै शुरु भएको छ ।

हनुमानढोका (पन्ध्रौँदेखि २०औँ शदी) देखि पौराणिक स्वयम्भूनाथसम्मको २/२ किमीभित्र मरुगणेश (बाह्रौँ शताब्दी, काष्ठमण्डपसातौँ शताब्दी), मरुहिटी),लिच्छविकालीन), सन्तानेश्वर महादेव(विसं १७३४०, मरुबही)तेह्रौँ शताब्दी), बञ्जाहिटी, नरदेवी आदि सम्पदा छन् । प्राचीन नगरको सुरक्षार्थ चारैतिर खोला, नगर प्रवेशद्वार तथा नगरको किनारमा खुला क्षेत्र छन् । प्राचीन समयमा हुने लडाइँमा सर्वसाधारणलाई बचाउन त्यस्ता क्षेत्रको उपयोग गरेको पाइन्छ ।

विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, कलाकार, स्थानीयवासी लगायतको सहभगिता थियो । यही वैशाख ५ गते अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइँदैछ । स्थानीय बाजागाजा, झाँकी, सेना, प्रहरी, विद्यार्थी, खेलाडी लगायतको सहभागितामा स्वयम्भूसम्म यही वैशाख ८ गते सम्पदा पदयात्रा हुँदै छ ।अभियानको पहिलो दिन काष्ठमण्डप तथा त्यस आसपास क्षेत्र हुँदै भुरुङ्खेलसम्म स्थानीयवासीलाई समेत सहभागी गराइएको छ । मानवनिर्मित कला शैलीको अनुपम उदाहरण लिइने ऐतिहासिक काष्ठमण्डप भूकम्पपछि भग्नावशेषमा परिणत भएको छ । त्यसको पुनःनिर्माणका लागि पटक पटक विभिन्न तहमा छलफल भए पनि काम शुरु हुन सकेको छैन ।

नगर प्रवेश गर्नेबित्तिकै तिर्खा र थकाइ मेटाउन मरुहिटी बनाइएको थियो । बौद्ध धर्मावलम्बीको बसोबास रहेको मरुबही सो क्षेत्रका १६ पवित्र स्थानमध्ये एक मानिन्छ । सो अवसरमा सांसद जीवनराम श्रेष्ठले त्यस क्षेत्रमा रहेका विभिन्न प्राचीन –ऐतिहासिक महत्वका सम्पदाको विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई आफ्नो टोल तथा क्षेत्रलाई सफा र व्यवस्थित गर्न आग्रह गरेका छन् ।,कार्यक्रमका संयोजक एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संरक्षणका अभावमा पुराना सम्पदा जीर्ण बन्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका विभिन्न सम्पदाबारे जनचेतना अभिवृद्धि गर्न स्थानीयवासीको सक्रियताको अपेक्षा गरेका छन् । (रासस)

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्