Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे सर्वोच्चमा दैनिक पत्रकार सम्मेलन

काठमाडौं : सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ ।

अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जनकारी दिए ।

उनले सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादन बारे सञ्चारमाध्यममा पहुँच पुर्‍याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताए ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्