Logo
३१ बैशाख २०८१, सोमबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री स्वयं अभिभावक भएर एक बिद्यार्थीलाई बिद्यालयमा भर्ना गराएपछि..

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिनुभएको छ । मुगुको मुगुम कार्मारोंग गाउ“पालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिनुभएको छ ।

२०६८ साल चैत १९ जन्मनुभएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो । छात्राको अभिभावत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिनुभएको छ ।

शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गर्नुभएको छ । छेरिङ २०६७ माघ १७ गते जन्मिनुभएको हो । रारा पर्यटन महोत्सवमा पुग्नुभएका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिंदै विद्यालय भर्ना गरिदिनुभएको हो ।

प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसक्नुभएको छ ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्