Logo
१० आश्विन २०७९, सोमबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु प्रहरीको नियन्त्रणमा

बाँके : बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो ।

शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समयमा तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भन्सार तथा पशु क्वारेन्टाइनबाट समेत कागजपत्र मिलाएर पूर्वी नाका हुँदै बाहिरी मुलुक पु¥याउने गरिन्छ ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्