Logo
१३ बैशाख २०८१, बिहीबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 अचार खानाले हेर्नुहोस् स्वास्थ्यमा पुर्‍याउँछ यस्ता हानिहरू

मानिसलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ । अचार स्वादिष्ट हुनाले खाना रुचाउन मद्दत गर्छ । तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् ।अचारले गर्न सक्ने हानि यस प्रकारका छन् ।

मधुमेहका लागि हानिकारक : मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ ।

पाचनप्रणालीमा असर : धेर अचार खाादा पेट फुल्छ र दुख्छ । धेर अचार खाने मानिसलाई पेटको क्यान्सर हुने सम्भावना हुन्छ ।

आन्द्रामा अल्सर : अचारमा मसला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले आन्द्रामा अल्सर हुनसक्छ ।

उच्च रक्तचाप : अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ । तपाईंलाई उच्च रक्तचाप छ भने अचार नखानुस् ।

शरीर सुन्निने : अचारलाई लामो समयसम्म सुरक्षित राख्नका लागि सोडियमयुक्त नून हालिएको हुन्छ । सोडियमका कारण शरीरले पानीको मात्रा कायम राखेर अस्म्याटिक सन्तुलन गराउनुपर्ने हुन्छ जसकारण शरीर सुन्निन्छ । शरीर बढी नै सुन्नियो भने चिकित्सकलाई देखाउनुस् ।

ट्राईग्लिसराइड उच्च : अचारमा हालिने प्रिजर्भेटिभ्सले त्यसको आयु त बढाउँछन् तर स्वासथ्यलाई हानि पु–याउँछन् । प्रिजर्भेटिभ्समा तेलको मात्रा बढी हुन्छ र शरीरमा ट्राईग्लिसराइडको स्तर बढ्छ ।

अचारले स्वास्थ्यमा धेरै समस्या ल्याउने हुनाले सकेसम्म बट्टामा खाँदिएको अचार खाँदै नखानुस् । दिनदिनै घरमा ताजा चटनी बनाएर खानेहेर्नुहोस्  । अचारमा जिभ्रो झुण्डिएको छ भने त्यसको मात्रा आजैबाट घटाउन थाल्नुहोस्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्