Logo
७ कार्तिक २०८१, बुधबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकसित देश बनाउने प्रण हामि सबैले आजैदेखि गरौँ : प्रधानमन्त्री

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि नै विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्। हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैँ पछाडि रहन नसक्ने बताए । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौँ ।’’

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताए । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ’’, उनले भने, ‘‘सबै ठाउ“को महत्व आ–आफ्नै छ ।’’ प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए ।

कर्णालीबाट जडिबुटिको प्रबर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए । सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्