Logo
७ बैशाख २०८१, शुक्रबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री रायको काठमाण्डौमा उपचार हुँदै, स्वास्थ्य अवस्थामा सुधार

काठमाण्डौ :  प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको स्वास्थ्यमा सुधार आएको छ । शुक्रवार राती एक्कासी उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको थियो ।

रायको मुटुमा समस्या देखिएको उनका निजी सचिव सन्तोष प्रतिहस्तले बताए । शुक्रबार राति ११ बजे गृह जिल्ला सर्लाहीको पर्सा पुगेका रायको शनिबार बिहान देखि छाती दुखे पछि सदरमुकाम मलंगवास्थित ओम हस्पिटलमा भर्ना भएका थिए ।

चिकित्सकले उनको मुटुमा समस्या रहेको बताएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । बिहान १० बजे हेलिकप्टरबाट काठमाडौं स्थित हृदय रोग केन्द्रमा भर्ना गराएको र अहिले भने स्वास्थ्यमा सुधार भएको निजी सचिव प्रतिहस्तले बताए ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्