Logo
१५ चैत्र २०८०, बिहीबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा त्रि–दिवसीय साधक भेलाको उद्घाटन (फोटो-फिचर)

भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमि नगरपालिकास्थित श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको आज उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा संगीता दिदीले धामको अवस्था र साधनाको महत्व माथि प्रकाश पार्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदास, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नं प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले स्वागत गर्नुभएको थियो ।

तीन दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट साधक तथा साधिकाको उपस्थिति रहेको छ । (रासस)

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्