Logo
६ जेष्ठ २०८१, आईतबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशुली नदीमा ८९७९ नम्बरको ट्रक खस्दा दुई घाइते

चितवन : वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको नाम, थर खुल्न सकेको छैन । बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर ल्याईएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भईरहेको छ ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्