Logo
२० आश्विन २०७९, बिहीबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको सन्देश : समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको कार्यभार

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् ।

‘२०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपालीहरुमा विशेष अपिल गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार हो ।’

नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै प्रचण्डले समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको कार्यभार भएको बताएका छन् ।

नयाँ संविधान कार्यान्वयनका दृष्टिले २०७४ साल नेपाली इतिहासमा अविस्मरणीय रहेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न ०७४ सालले आधार र उर्जा प्रदान गरेको बताएका छन् ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्