Logo
१५ बैशाख २०८१, शनिबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठमेल आसपास क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न जोड

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नयाँ बसपार्क क्षेत्रमा रोजगारीका लागि व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’को शुक्रबार उद्घाटन गर्दै उनले नयाँ बसपार्कलाई सफा राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्छ भने ।

नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले बसपार्कलाई ‘स्मार्ट बसपार्क’ बनाउन गुरुयोजना निर्माण गरेर सरकारलाई बुझाइसकिएको बताए । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको ठमेल क्षेत्र र बसपार्क क्षेत्रलाई एकआपसमा जोड्न सके मात्र बसपार्कलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताए । “ठमेलमा आउने पर्यटकलाई बसपार्क ल्याउन गरी बसपार्क क्षेत्रलाई राम्रो बनाउन जरुरी छ,”, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले राष्ट्रिय बसपार्कलाई नमूना बसपार्कका रुपमा चिनाउनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सवका संयोजक विष्णु पोखरेलले विसं २०७२ को भूकम्पले क्षति पुगेको नयाँ बसपार्क क्षेत्र सुरक्षित क्षेत्रका रुपमा रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताए।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्