Logo
१३ बैशाख २०८२, शनिबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमणमा परी ११ प्रहरीको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिवान विद्रोहीले थापेको धराप तथा सशस्त्र झडपमा परी कम्तिमा ११ जना प्रहरीको मृत्यु भएको स्थानीय टोलो न्यूज टेलिभिजनले शुक्रबार जनाएको छ ।

तालिवान लडाकूले वन्दुक तथा रकेट आक्रमणको प्रयोग गर्दै लार्जानक क्षेत्रमा रहेको प्रहरीको सुरक्षा जाँच चौकीमा आक्रमण गर्दा बिहीबार राति १० जनाको मृत्यु भएको टोलोले स्थानीय प्रशासन प्रमुख शुक्रुल्लाह शेखरको शब्द उद्धृत गर्दै जनाएको छ ।

लडाकूले विस्पोटक पदार्थ र रकेटको प्रयोग गरी प्रहरीमाथि जाइलागेका बताइएको छ ।

उक्त घटनामा केही लडाकू मारिएका तथा घाइते भएका भएपनि उनीहरूलाई विद्रोहीले बोकेर लगेकाले एकीन सङ्ख्या भने थाहा हुन नसकेको सुरक्षाकर्मीले बताएका छन् ।

उक्त स्थानमा विद्रोही र सुरक्षाकर्मीबीच पछिल्लो केही समययता पटकपटक झडप हुने गरेका छन् । गत सोमबार भएको झडपका क्रममा पाँच जना स्थानीय नागरिकको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्