Logo
१५ चैत्र २०८०, बिहीबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाकी चिकित्सक टोलीद्धारा मुटुको शल्यक्रियामा प्रयोग हुने सामग्री हस्तान्तरण

भक्तपुर : अमेरिकाकी चिकित्सक टोलीले शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई करीब रु १५ लाख बराबरको मुटुको शल्यक्रियामा प्रयोग हुने सामग्री शुक्रबार हस्तान्तरण गरेको छ ।

अमेरिकाको कार्डियोस्टार्ट इन्टरनेशनलबाट आउनुभएका डा इमिली फाल्र्कास, डा. डेभिड क्याकलफलिन, डा खालिद शेखलगायतको टोलीले केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरेको हो । टोलीले मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने रु २५ हजारदेखि ७० हजारसम्मका सामग्री हस्तान्तरण गरेको हो ।

एक साताका नेपाल बसाइमा टोलीले केन्द्रका मुटुरोग विशेषज्ञ टोलीसँगै मुटुका तीन शल्यक्रिया गरेको डा श्रेष्ठले जानकारी दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले वर्षमा दुई पटक नेपाल आउने गरेको टोली अब वर्षमा चार पटक नेपाल आउने भएको छ ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्