Logo
१३ बैशाख २०८१, बिहीबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बौद्ध महास्तुपाको पुनर्निर्माणमा बढी सुन खपत भएको देखाएर ९ करोड घोटाला

काठमाडौं : बौद्ध महास्तुपा पुनर्निर्माणमा झण्डै ९ करोड घोटाला भएको खुलासा भएको छ । बौद्धनाथ क्षेत्र विकास समिति अन्तर्गत बौद्ध महास्तुपा निर्माण गर्न बढी सुन खपत भएको देखाएर रकम हिनामिना गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

पुनर्निर्माणका लागि चाहिने हर्मिका, त्रयोदश भुवन, छत्रको सेट र गजुरका लागि ८ कारेड २३ लाखको लागत अनुमान स्वीकृत भएको थियो । तर कार्य सम्पन्न गरेको प्रतिवेदनमा सो काम ५ हजार वर्ग फिटमा गरेर ३४ हजारको दरले ३१ किलोग्राम सुन समेत १७ करोड खर्च भएको उल्लेख छ ।

पुरातत्व विभागको २०७३/७४ को सुनको मूल्य विश्लेषण अनुसार प्रति वर्गफिट एक चौथाइ तोलाको हिसाबले १४.५८० को १६ हजारको दरले ८ करोड २३ लाख मात्र खर्च भएको हुनुपर्नेमा बढी देखिएको हो ।

बढी सुन खपत भएको देखाएर १६.४२० किलोग्रामको मूल्य ८ करोड ८८ लाख बढी खर्च भएको देखिएकाले छानबीन गर्नुपर्ने महालेखाले भनेको छ ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्