Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ बर्ष देखि यी राशि हुनेहरूको भाग्य चम्किदैछ ।

वि.स.२०७५ साल नयाँ वर्ष शुरुवात भएको छ । हिन्दु धर्म अनुसार ज्योतिषले नयाँ वर्षमा ग्रहले पनि आफ्नो स्थिति परिवर्तन गर्दछ । त्यसैले सबै राशीमाथि राम्रो नराम्रो असर हुने गर्छ। यस वर्षमा ग्रहहरूको योग र संयोगबाट यी राशी भएकाहरुको राम्रो समय सुरु भएको छ ।

मेष राशि : यस राशी भएका हरुको लागि धन र लाभको योग बनेको छ। साथै बिग्रेको काम बन्नेछ ।

वृष राशिस : यो राशी भएकाहरुको लामो समयदेखि नबनेको काम पुरा हुनेछ। प्राविधिक क्षेत्रसँग जोडिएका मानिसको लागि यो समय धेरै शुभ छ ।

मिथुन राशि : शरीर र मन स्वस्थ हुनेछ। सन्तानको तर्फबाट केहि शुभ समाचार मिल्नेछ ।

कर्कट राशि : यस राशी हुनेहरुको लागि तीर्थयात्राको योग बनिरहेको छ। साथै धन प्राप्त हुने योग रहेको छ ।

सिंह राशिस : सिंह राशि हुने व्यक्तिलाई स्वास्थ्य सम्बन्धि लाभ मिल्नेछ। यदी कोहि कुनै रोगबाट पिडित छ भने छिट्टै निको हुनसक्छ। धनको लाभ हुनेछ ।

कन्या राशि : यिनीहरुलाई धन लाभ हुनसक्छ। कुनै उच्च अधिकारीबाट फाइदा हुनेछ ।

तुला राशि : आर्थिक स्थितिमा सुधारको साथै आशा गरेभन्दा बढी लाभदायक स्थिति हुनेछ। यस राशी हुनेहरुले जे काम गरेपनि सफल हुनेछ।

वृश्चिक राशि : यस राशि हुनेहरुले जागिरमा धेरै लाभ प्राप्त गर्नेछन्। व्यापारिक योजना पनि सफल हुनेछ ।

धनु राशि : यस राशी हुने विद्यार्थीलाई शिक्षण र प्रतियोगितामा लाभ हुनेछ। कुनै पनि उत्सवमा विशेष सम्मान प्राप्त हुनेछ ।

मकर राशि : यो राशी भएकाहरुले नयाँ काम शुरु गर्न सक्छन्। साथै जुन काम गर्दा पनि सफलता मिल्नेछ ।

कुम्भ राशिस : यस राशी हुनेहरुलाई परिवारबाट लाभ हुनेछ। साथै शत्रु पक्षमाथि पनि विजयी प्राप्त हुनेछ ।

मिन राशी : सरकारी काम बन्नेछ। लामो समयदेखि अड्किएको काम सुरु हुनेछ ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्