Logo
६ जेष्ठ २०८१, आईतबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प्रहरीले जनाएको छ । बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्