Logo
२७ आश्विन २०८१, आईतबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ मा शुक्रबार रु. १ अर्ब २ करोड ५ लाख बराबरको बजेट आउने

बुटवल : प्रदेश ५ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि शुक्रबार बजेट सार्वजनिक गर्ने भएको छ ।मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार अपराह्न बसेको बैठकले प्रदेश नं ५ प्रदेशसभा विनियोजन विधेयक २०७४ प्रदेशसभामा पेश गर्ने र राजश्व तथा व्ययको अनुमानित बजेट वक्तव्यसहित प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

आर्थिक मामिला तथा योजना विकासमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले रु. एक अर्ब दुई करोड पाँच लाख बराबरको बजेट प्रदेशसभामा पेश गर्नुहुनेछ । बैठकले प्रदेशसभा सचिवालय व्यवस्थित गर्न बनेको प्रदेशसभा सचिवालय विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने पनि निणर्य गरेको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्