Logo
७ कार्तिक २०८१, बुधबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हृदयघात हुनुभन्दा अगाडी नै देखिन्छन् यस्ता लक्षणहरु

मानिसमा हृदयघात अहिलेको समयमा धेरै देखिने समस्या हो । शारीरिक व्यायामको कमी, खानपानमा लापरवाही, तानाव जस्ता समस्याले गर्दा हृदयघातको बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । हृदयघातको लक्षणहरु देखा परिरहने भए पनि हामी त्यसलाई वास्ता गर्ने गर्दैनौं । जसले गर्दा हामीलाई पछि समस्या आउने गर्छ । हृदयघात भएको समयमा तुरुन्तै उपचार गर्न सकिएन भने मानिसहरुको ज्यान जाने गर्छ ।

(हृदयघात हुनुभन्दा अगाडी नै देखिने केही लक्षणहरु यस्ता छन्)

१. अन्य भागमा पीडा
छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

२. सास लिन अप्ठ्यारो :
सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

३. पाचनतन्त्रमा गडबडी :
पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

५. अत्यधिक पसिना :
कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

६. गोडा फुल्ने :
मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

७. ढुकढुकी बढ्नु :
धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्